sevenstartv.com ३ पुष २०८२, बिहिवार

अछाममा छाउगोठमा बसेका दुई जनाको पहिरोमा परि मृत्यु

१३ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अछाममा छाउगोठमा बसेका दुई जनाको पहिरोमा परि मृत्यु भएको छ । पंचदेवल विनायक नगरपालिकामा वडा नम्वर ८ को सेलापानीस्थित चुरखोली टोलमा छाउ बार्न घरभन्दा पर खेलमा त्रिपाल टाँगेर सुतेका ३५ वर्षीया निम खनाल र ८ वर्षीया कविता भण्डारीको मृत्यु भएको हो । 

३६ वर्षीया रत्ना भण्डारी शक्त घाइते भएकी छन् । निम र रत्ना दुबै महिला महिनावारी भएको समयमा घरदेखि टाढा खेतबारीमा त्रिपाल टाँगेर सुतेका थिए ।  दुबै महिलालाई महिनावारी भएको आज ६ दिन पुगेको थियो ।

घाइते रत्नाको टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्