sevenstartv.com ३ पुष २०८२, बिहिवार

सुदूरपश्चिममा गौराको रौनक: आज ‘नानी गौरा’ मनाइँदै

१३ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा गौराको दोस्रो दिन शुक्रबार ‘नानी गौरा’ मनाइँदैछ । व्रतालुले पहिलो दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर पखाल्ने चलन छ । 

साउँ, तिल, अपामार्गलगायत वनस्पतिको प्रयोग गरी गौरादेवीको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर पूजाआजा गर्ने भएकाले यो दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भनिएको हो । बिरुडाले नै गौरादेवीको पूजाआजाका गरिनुका साथै बारीमा फलेका विभिन्न फलफूल चढाउने प्रचलन छ ।

पौराणिककालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवप्राप्ति भएको विश्वास गरिन्छ। त्यसै वेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रूपमा यो पर्व मनाउने परम्परा चलेको हो ।

दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । तेस्रो दिन सप्तमीका दिनमा गौराभित्र्ययाउने चलन छ । यही दिन महिलाले धारणा गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन गौराष्टमी अर्थात् अठ्यावालीका दिन धारण गर्ने चलन छ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्