sevenstartv.com ३ पुष २०८२, बिहिवार

तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीक पर्व हाे : राष्ट्रपति पौडेल

१० भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीक पर्व भएको बताएका छन् ।

हरितालिका तीजको अवसरमा शुभकामना दिँदै उनले परिवार तथा समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता, मेलमिलाप, निष्ठा, धैर्य र समर्पण कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको तर्क गरेका बताएका हुन् । 

उनले महिलाविरुद्ध हुनसक्ने भेदभाव, हिंसाजन्य कार्यलगायत सबै किसिमका अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्न तीज पर्वले उत्साह दिने अपेक्षा लिएका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्