sevenstartv.com ३ पुष २०८२, बिहिवार

आज तिजः बिहानैदेखि पशुपतिमा दर्शनार्थीहरुको भीड

१० भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आज तिजको सबैभन्दा मुख्य दिन । महिलाहरुले ब्रत बसेर शिवालयहरुमा पुगी पूजा आरधना गर्ने गर्दछन् । आज विशेष गरी पशुपति मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । 

पशुपतिनाथमा बिहान सबेरैदेखि घुइँचो लागेको छ । विशेषगरी महिलाहरू सौभाग्यसूचक रातो पहिरनमा आराध्यदेव पशुपतिनाथको दर्शन गर्न पुगेका छन् ।

सत्ययुगमा कठोर व्रतको प्रभावले देवी पार्वतीले महादेव पति पाएको पौराणिक सन्दर्भलाई आधार मानेर परिवारमा सुख शान्ति र समृद्धिको कामना गर्दै यो व्रत गर्ने परम्परा छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्