sevenstartv.com ३ पुष २०८२, बिहिवार

स्वास्थ्यमन्त्री र खानेपानीमन्त्री हैजाको प्रकोप नियन्त्रणका लागि वीरगञ्जमा

९ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । वीरगञ्जमा हैजाको प्रकोप नियन्त्रणबाहिर जान थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र खानेपानी मन्त्री प्रदीप यादव आज प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि वीरगञ्ज प्रस्थान गरेका छन् ।

गत शुक्रबार राति वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्ली टोलबाट सुरु भएको हैजा अहिले समुदायस्तरमै फैलिँदै गएपछि सङ्घीय सरकारले विशेष चासो देखाएको हो । सङ्क्रमण नियन्त्रणमा आउनुको सट्टा नयाँ बिरामी थपिने क्रम जारी रहेपछि आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको आकस्मिक बैठकले दुवै मन्त्रीलाई प्रत्यक्ष अनुगमनमा पठाउने निर्णय गरेको थियो ।

मन्त्रीद्वयले वीरगञ्ज पुगेर नारायणी अस्पतालमा आयोजना हुने बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम छ । सो बैठकमा हैजा नियन्त्रणका लागि तत्काल अपनाउनुपर्ने उपाय, द्रुत स्वास्थ्य प्रतिकार्यका लागि थप जनशक्ति परिचालन तथा स्रोत व्यवस्थापनबारे छलफल हुने छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्