sevenstartv.com ३ पुष २०८२, बिहिवार

कति छ आज कालिमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य

९ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडाैं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको मूल्यसूची सार्वजनिक गरेको छ । 

तरकारीतर्फ चमसूरको साग प्रतिकिलो रु ३००, पालुंगो साग रु १४०, ब्रोकाउली रु २८०, काउली (ज्यापु) रु १४०, गाजर (लोकल) रु १२५, च्याउ (डल्ले) रु ४५०, कुरीलो रु ४०० र घिउ सिमी (लोकल) रु १३० सम्म पुगेको छ ।

  पार्सको अधिकतम मूल्य प्रतिकिलो रु १,३०० तोकिएको छ । त्यसपछि माछा सुकेको प्रतिकिलो रु १,०००, सिताके च्याउ पनि प्रतिकिलो रु १,००० अधिकतम मूल्यमा तोकिएको छ ।

फलफूलमा स्याउ (फुजी) अधिकतम रु ३२०, केरा प्रति दर्जन रु १५०, अनार रु ३६०, जुनार रु २५०, कागती रु १७०, किवी रु ४०० र आभोकाडो रु ३०० सम्म पुगेको छ । मसला र अन्य वस्तुमा लसुन सुकेको (चाइनिज) रु २२०, हरियो धनिया रु ४००, खुर्सानी हरियो (अकबरे) रु २५० र अदुवा रु १२० अधिकतम मूल्यमा पुगेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्