sevenstartv.com ३ पुष २०८२, बिहिवार

मेची भन्सार कार्यालयमा आयात र निर्यात घट्यो

९ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका वस्तु आयात भएका छन् । 

यो गत आव २०८१ र ८२ को सोही अवधिको तुलनामा १९ करोड दुई लाखले घटेको छ । उनका अनुसार गत आवमा तीन अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो । 

चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ। गत आवको सोही अवधिमा रु एक अर्ब ८० करोड ८२ लाखको बस्तु तथा सामान निर्यात भएको थियो । 

कार्यालयका अनुसार चालु आवको साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने १५ करोड १८ लाखले बढेको छ। गत आव २०८१/८२ को साउन महिनामा  एक अर्ब ११ करोड ३२ लाख राजस्व सङ्कलन भएको थियो। 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्