sevenstartv.com ३ पुष २०८२, बिहिवार

नाडा अटो सो आज सकिँदै

८ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाको आयोजनामा भइरहेको ‘नाडा अटो सो २०२५’ आज सकिँदैछ । काठमाडौंको भृकुटीमण्डपमा भदौ ३ गते शुरु १७ औँ संस्करणको शो आज सकिन लागेको हो ।

सोमा उन्नत प्रविधि, स्मार्ट मोबिलिटी र दिगोपनलाई जोड दिइएको छ। शोमा उड्ने कारदेखि अत्याधुनिक स्वचालित चारपांग्रे रोबोट ‘युनिट्री रोबोट्स’ कासाथै विभिन्न ब्राण्डका गाडी प्रदर्शनीमा राखिएका छन् । अवलकोनकर्ताको रोजाइमा उड्ने कार रहेको आयोजको भनाइ छ । 

शनिबारसम्ममा १ लाख ४९ हजारले अवलोकन गरिसकेको अटोमोबाइल्स एशोसियसनले जनाएको छ । यस वर्षको शो’मा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्राण्ड, ४ वटा दुईपांग्रे सवारी ब्राण्ड, तथा ३५ अन्य कम्पनी ९टायर, ल्युब्रिकेन्ट, उपकरण, वित्तीय संस्था आदि० गरी १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्