sevenstartv.com ३ पुष २०८२, बिहिवार

वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो

७ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट  ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् । 

जुन गत आवको सोही वर्षको तुलनामा रु आठ अर्ब ११ करोडले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०८१/८२ को साउनमा  ६० अर्ब छ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो । 

चालु आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ । चालु आवको साउनमा  आठ अर्ब ४५ करोडको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको साउनमा  तीन अर्ब पाँच करोडको मात्रै सामान निर्यात भएको थियो । 

कार्यालयका अनुसार साउनमा १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको छ । आव २०८१/८२ को साउनमा  १५ अर्ब ९२ करोडको राजस्व सङ्कलन भएको थियो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्