sevenstartv.com ३ पुष २०८२, बिहिवार

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

७ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । सुक्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो ।

स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको छ । पहिरोका कारण गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् । यो सडकखण्ड पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्