sevenstartv.com ४ पुष २०८२, शुक्रवार

डेंगु सङ्क्रमण बढ्दै

६ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेंगु सङ्क्रमण पनि बढ्न थालेको हो । तीन हजार २४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा २११ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यसैगरी, डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

कोशी प्रदेशमा ५६८, मधेस प्रदेशमा ६२, बाग्मती प्रदेशमा ६७५, गण्डकी प्रदेशमा ९१४, लुम्बिनी प्रदेशमा ५५१, कर्णाली प्रदेशमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३८४ जनामा डेंगु सङ्क्रमण देखिएको बताइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्