बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध
काठमाडौं । बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ माझखर्क, अन्नपूर्ण गाउँपालिका-३ सुकेबगर र ७ महभिरमा पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकको म्याग्दी खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा खसेको पहिरोले मङ्गला, मालिका र धवलागिरी गाउँपालिका जोड्ने बेनी-दरवाङ सडक अवरुद्ध बनेको छ ।
सडक अवरुद्ध हुँदा सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रको यातायात सम्पर्क टुटेको छ भने यहाँको जनजीवन प्रभावित भएको छ । सडक विभागको डोजर प्रयोग गरेर बेनी-जोमसोम र पूर्वाधार विकास कार्यालयमार्फत बेनी–दरवाङ सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

.gif)