sevenstartv.com ३ पुष २०८२, बिहिवार

भारतले थप ८० मेगावाट बिजुली खरिद गर्ने

६ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भारतले थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको छ । ४८ दशलमवव ५ मेगावाटको मेवा खोला र ३१ दशमलव ०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न स्वीकृत पाएको हो ।

वर्षायाममा नेपालले बिजुली बिक्री गर्दै आएको छ भने सुख्खायाममा भारतसँगै किन्दै आएको छ। भारतसँगै नेपालले बगलादेशलाई समेत ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ । पछिल्लो पटक भारतले २०० मेगावाट बिजुली निर्यातका लागि स्वीकृति दिएको थियो ।

नेपाल र भारतबीचको द्विपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि बिजुली निर्यात गर्न पाउने भएको छ । आगामी ३१ अक्टोबर २०२६ सम्मको बिजुली निर्यात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्