sevenstartv.com ४ पुष २०८२, शुक्रवार

नाडा अटो शो : तीन दिनमा ७८ हजार बढीले गरे अबलोकन

६ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ । तीन दिनमा अटो शो ७८ हजार ५ सय १३  जनाले अवलोकन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सुरू भएको अटो शोको पहिलो दिन १९ हजार ७ सय ६ जनाले अवलोकन गरेकामा दोस्रो दिन २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेका थिए । तेस्रो २९ हजार ८ सय २९ जनाले अवलोकन गरे । काठमाडौंको भृकुटीमण्डपमा आउँदो आइतबारसम्म चल्ने अटो शोमा उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म राखिएका छन् ।  अटो शो भव्य बनाउन ऐतिहासिक गाडीदेखि रोबोट, उड्ने कार साथै एक दर्जन ऐतिहासिक गाडी (भिन्टेज कार) राखेर भिन्टेज मोटर शो पनि भएको छ । 

अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले देख्न पाउने छ न्। नाडा अटो शोमा १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएको छ । अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन्। त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ ।

स्वदेशी उत्पादन भएका सवारीसाधन तथा स्पेयर पार्ट्सको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको छ । त्यस्तै अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत भइरहेका छन् । नाडा अटो शोमा एक दर्जनभन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक भएका छन् । जहाँ विद्युतीय सवारीसाधन पनि उल्लेख्य रुपमा छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्