सामाजिक सुरक्षा कोषको अनलाइन सेवा २ दिन अवरुद्ध हुने
काठमाडौं । सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन प्रणालीबाट प्रदान हुने सम्पूर्ण सेवाहरू दुई दिन अवरुद्ध हुने जनाएको छ । कोषले सूचना प्रणालीको परीक्षण गर्न लागेकाले २ दिन तोकिएको समयमा सेवा बन्द रहने भएको हो ।
कोषले एक सूचना प्रकाशित गर्दै आज दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र शुक्रबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवाहरू बन्द रहने जानकारी दिएको छ ।
कोषको सूचना प्रणालीलाई आपत्कालीन अवस्थामा पनि सुरक्षित र सुचारु राख्न गरिने नियमित प्राविधिक परीक्षणका कारण सेवा प्रभावित हुन लागेको हो ।
सूचनामा तोकिएको समयावधिभन्दा अगावै प्राविधिक परीक्षणको काम सकिएमा सेवा पुनः सुचारु हुन सक्ने पनि कोषले स्पष्ट पारेको छ ।

.gif)