विषाक्त रक्सी सेवनबाट मृत्यु भएका चार नेपालीको शव कुवेतबाट नेपाल ल्याइयो
काठमाडौं । कुवेतमा विषाक्त रक्सी सेवनबाट मृत्यु भएका ४ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । नेपाली दूतावास कुवेतले दिएको जानकारी अनुसार ४ वटा शव नेपाल पठाएर परिवारले बुझिसकेका हुन्
त्यसैगरी, एक जनाको शव बुधबार पठाउन लागिएको दूतावासले जनाएको छ । विषाक्त मदिरा सेवनबाट केही दिनको फरकमा अघिल्लो साता १२ जनाको मृत्यु भएको थियो । मृत्यु भएका बाँकी श्रमिकको शव पठाउन प्रक्रिया चलिरहेको दूतावासको भनाइ छ । अहिले पनि १५ जना बिरामीहरूको कुवेतका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । जसमध्ये १२ जना आईसीयूमा छन् ।
कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ । तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्दा नेपाली प्रभावित भएका हुन् । उक्त घटनामा केही नेपाली पक्राउ समेत परेको समाचारमा जनाइएको छ । यद्यपि दूतावासले आफूहरूले यसबारे बुझिरहेको भन्दै थप जानकारी दिन अस्वीकार गरेको छ ।

.gif)