sevenstartv.com ४ पुष २०८२, शुक्रवार

वीरगञ्ज भन्सार कार्यालयले गर्याे १८ अर्ब ३९ करोड राजस्व संकलन

३ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा  १८ अर्ब ३९ करोड ६७ लाख राजस्व संकलन गरेको छ। 

वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि सो राजस्व संकलन भएको हो । गत साउन १ गतेदेखि दुवै कार्यालयले एउटैमा गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् । कार्यालयका अनुसार चालु आवको साउन महिनाको मासिक लक्ष्यको ८७  दशमलव ६८ प्रतिशत राजस्व संकलन भएको छ ।

भन्सार विभागले कार्यालयलाई साउन महिनामा रु २० अर्ब ९८ करोड २१ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवको साउन महिनामा भने  १५ अर्ब ९२ करोड राजस्व संकलन गरेको छ ।  विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्