काठमाडाैं । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग)मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ ।
उक्त घटनामा परी पाँच जना घाइते भएका छन् । रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा दुई मजदुर पुरिएका हुन्।घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरीले बताएकाे छ ।
मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

.gif)