sevenstartv.com ४ पुष २०८२, शुक्रवार

तीन करोड खर्चेर बागलुङ-बेनी सडक मर्मत

३० साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडाैं ।  सडक डिभिजन कार्यालयले  १४ किलोमिटर लामाबागलुङ-बेनी सडक तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ । मालढुङ्गा-बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। 

उक्त सडकको हुुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए। 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्