sevenstartv.com ४ पुष २०८२, शुक्रवार

करेन्ट लागेर एक जनाको मृत्यु

२७ साउन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका-१७ पुरानो ढल्कु बस्ने ६२ वर्षीय दिलकुमार पुजारीको करेन्ट लागेर मृत्यु भएको छ । 

सोही ठाउँस्थित इन्द्रायणी मन्दिर नजिकै रहेको बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्