कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
काठमाडौं । कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो ।
चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो । ९२ नमूना परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमूनामा यो रोगको पुष्टि भएको छ । यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्छ । जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्ने गरेको छ ।
जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन् । फार्ममा दाना, पानी, औषधि, भुसलगायत सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने छ ।

.gif)