sevenstartv.com १४ असार २०८३, आइतवार

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

२७ साउन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसनेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ मूल नाराका साथ दिवस मनाउन लागिएको हो ।

दिवसको मूल समारोह बिहान १० बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुनेछ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । दिवस मनाउन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २८५ संस्थागत सदस्यसहित मूल समारोह समिति र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा १७ सदस्यीय सचिवालय गठन भएको थियो ।

सन् १९९८ को अगष्ट ८-१२ मा पोर्चुगलको लिसवनमा विश्वका १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको विश्वस्तरीय सम्मेलनले युवाको पक्षमा ८८ बुँदे घोषणापत्र जारी गरेको थियो। सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औँ साधारण सभालेअगष्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवसमनाउने घोषणा गरेको थियो । सन् २००० देखि हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।