sevenstartv.com ४ पुष २०८२, शुक्रवार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

२६ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । बेनी-जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

वर्षा नरोकिएको र निरन्तर पहिरो खसेकाले सडक खुलाउन समस्या भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सिधा यातायात सम्पर्क टुटेको छ । 

प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटकहरू प्रभावित भएका छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्