विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायल प्रस्थान
काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन् ।
उनीहरू फ्लाइ दुबईको विमानमार्फत इजरायलतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भावुक माहोल देखिएको थियो । विमानस्थल प्रवेश गर्दा आमा र छोरी दुवैको आँसु थामिन सकेन ।
इजरायल सरकारले विपिनको रिहाइका लागि अभियानलाई सशक्त बनाउने उद्देश्यका साथ उनीहरूलाई त्यहाँ लैजान लागेको हो । विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । विपिन वि.सं. २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन् । हमासद्वारा कब्जा गरिएका कैयन् बन्दी रिहा भइसक्दा उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

.gif)