कैलाली कारागार झडपमा घाइते अर्का कैदीबन्दीलाई पनि रेफर गर्ने तयारी
काठमाडौं । कैलाली कारागारमा भएको झडपका क्रममा घाइते भएका अर्का एक जना कैदीलाई पनि रेफर गर्ने तयारी गरिएको छ ।
नसाको समस्या भएका एक कैदीलाई रेफर गर्ने तयारी भएको प्रहरीले जनाएको छ । ती बिरामी कैदीलाई काठमाडौं वा नेपालगञ्ज कहाँ रेफर गर्ने भन्नेबारे छलफल भइरहेको छ ।
उनी सेति प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्पतालमा उपचारत छन् । उनलाई स्काई हेलिकप्टरबाट नभइ सामान्य जहाजबाटै उपचारका लागि कैलालीबाट पठाइने जनाइएको छ ।
यसअघि हिजो साँझ गम्भीर घाइते एक कैदीलाई नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइएको थियो । अहिले कैदीबन्दीको संख्या यकिन गर्नका लागि गणना गर्ने कार्य भइरहेको छ ।
कारागारमा हिंसात्मक झडप भएपछि शुक्रबार राति एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् । ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन । सो क्रममा आइतबार दिउँसो २ बजेपछि कैदीबन्दीको संख्या यकिन गर्नका लागि प्रशासन सक्रिय भएको हो ।

.gif)