पृथ्वीराजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको गल्छी गाउँपालिका-६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
रूखसहितको पहिरो खसेपछि शुक्रबार बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरोका कारण काठमाडौं जाने सवारीसाधन गजुरी र काठमाडौंबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् ।
लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

.gif)