sevenstartv.com ४ पुष २०८२, शुक्रवार

गोसाइँकुण्डका तीर्थयात्रीलाई सर्वसुलभ र गुणस्तरीय खाना नदिए कारबाही

२२ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडाैं । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई निर्धारित दररेटमा खाने, बस्ने व्यवस्था मिलाउन धार्मिक मार्गका होटल सञ्चालकलाई जिल्ला अनुगमन समितिले अनुरोध गरेको छ ।

तीर्थयात्रीको सहजताका लागि सर्वसुलभ र गुणस्तरीय खाना तथा बासस्थानको व्यवस्था गर्न होटल व्यवसायीलाई समितिले निर्देशन दिएको हो। विगतमा तीर्थयात्रीले ठगिएको भन्ने जनगुनासा आएपछि अनुगमन समितिमार्फत स्थानीय प्रशासनले गोसाइँकुण्ड धार्मिक मार्गका होटलमा स्थलगत निरीक्षण गरी सर्वसुलभ र गुणस्तरीय खाना तथा बासस्थानको व्यवस्था गर्न होटल व्यवसायीलाई समितिले निर्देशन दिएको हो।

जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले धार्मिक मार्गमा रहेका स्थायी संरचनाका होटल तथा लज र मेला अवधिसम्मका लागि बनाइएका अस्थायी प्रकृतिका छाप्रो (स्थानीय भाषामा थर्कु)समेतको निरीक्षण गरी गुणस्तरीय सेवा दिन व्यवसायीलाई निर्देशन दिएको हो।

संयोजक अधिकारीका अनुसार उद्देश्य विपरीत स्थायी लेखा नम्बर (प्यान) राखी होटल, लज सञ्चालन गरेको, पाक नपुर्‍याएको खाना खुवाउने गरेको, लत्ता कपडालगायत कोठाको सफाइमा नभएको, मूल्य सूची नराखी आफूखुसी रकम लिने गरेको, बिलबिजक नराखेकोलगायत लापरबाही गरेको देखिएकाले उपभोक्ता संरक्षण ऐन अनुसार व्यवसाय सञ्चालन गर्न निर्देश गरिएको छ। 

नियम विपरीत काम गर्ने पैदल मार्गका २६ होटललाई जरिवानासमेत तिराइएको बताउँदै संयोजक अधिकारीले धार्मिक मार्गमा मदिरा बेच्ने, निषेध गरिएको र म्याद गुज्रेका सामग्री फेला परेकाले ती सामग्री जफत गरी नष्ट गरिएको जानकारी दिए। उनका अनुसार कारबाहीमा परेका २६ होटल सञ्चालकबाट तीन लाख ८० हजार जरिवानाबापतको रकम सङ्कलन भएको छ। अनुगमनमा गुणस्तरीय खाना दिएको पाइए कारबाही हुने पिन जनाइएको छ ।

धार्मिक मार्गमा यात्रुहरू ठगिनसक्ने अवस्थालाई मध्यनजर राख्दै कालोबजारी नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले थालेको प्रयास प्रशंसायोग्य रहेको स्थानीले बताएका छन्। 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्