sevenstartv.com ४ पुष २०८२, शुक्रवार

खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्न राष्ट्रपतिको आग्रह

२१ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ । 

भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा बुधबार शीतल निवासमा भएको स्वागत कार्यक्रममा राष्ट्रपतिले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवम् खेलाडीको सम्मान गर्न आग्रह गर्नुभएको हो । 

देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरुले किर्तिमान र सफलता हासिल गर्न सक्ने राष्ट्रपतिको भनाई छ । राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्व रहेको उल्लेख गर्नुभयो । 

राष्ट्रपतिले खेल क्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित संस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्न क्रियाशील हुनेमा आफूले विश्वास लिएको बताउनुभयो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्