कोशी र सुदूरपश्चिम प्रदेशमा मुसलधारे वर्षाको सम्भावना, दैनिक जनजीवन पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावले कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा मुसलधारे वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । मधेश प्रदेशका एकरदुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहनेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको एकरदुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ ।

.gif)