sevenstartv.com ४ पुष २०८२, शुक्रवार

सप्तरीमा प्रहरीले गोली प्रहार गर्दा एकजनाको मृत्यु

२१ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा प्रहरीले गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको हो ।

राजगढ २ का करिब ३६ वर्षीय लालु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका उनको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ज्यान गएको हो ।

सीमा नजिकबाट ठूलो परिमाणमा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाबमोजिम ‘सर्च अपरेसन’ चलाउँदा स्थानीयवासीले अवरोध गरेपछि झडप भएको  र स्थिति नियन्त्रणमा लिन केही राउण्ड गोली चलाएको  जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्