sevenstartv.com ४ पुष २०८२, शुक्रवार

श्रीकृष्णजन्माष्टमीको अवसरमा डिभाइन युथ क्लब नेपालद्वारा साइकल र्‍याली

२० साउन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । यस वर्षको श्रीकृष्णजन्माष्टमी महोत्सवको प्रचार प्रचार गर्ने उदेश्यले साइकल र्‍याली गरिएको छ । महोत्सवको पूर्वसन्ध्यामा डिभाइन युथ क्लब नेपालको आयोजनामा सिटी साइकल र्‍याली कार्यक्रम सम्पन्न गरिएको हो । 

युवामा आध्यात्मिक चेतना अभिवृद्धि र महोत्सवको प्रचार(प्रसारलाई उद्देश्य बनाई आयोजना गरिएको र्‍यालीमा करिब २ सय युवाले उत्साहजनक सहभागिता जनाएको आयोजकले जानकारी दिएका छन् । 

पशुपतिनाथ मन्दिर परिसरस्थित वनकालीको श्री कृपालु स्मृति उद्यानबाट आयोजना शुरु गरिएको र्‍याली बत्तीसपुतली, पुरानो बानेश्वर, डिल्लीबजार, सुन्धारा हुँदै ऐतिहासिक वसन्तपुर—हनुमानढोका परिसरमा प्रवेश गर्‍यो। वसन्तपुर आगमनको अवसरमा नेपाल स्काउट सिद्धिगणेश ओपन स्काउट तथा काठमाडौँ दरबार क्षेत्र पर्यटन प्रवर्द्धन संघद्वारा साइकल यात्रीहरुलाई भव्य स्वागत एवं मायाको चिनो प्रदान गरिएको थियो । 

वसन्तपुर तथा पाटन कृष्ण मन्दिर परिसरमा आयोजित भजन, कीर्तन, नाचगान लगायतका सांस्कृतिक कार्यक्रमले सम्पूर्ण वातावरणलाई भक्तिमय बनायो। उपस्थित स्थानीय बासिन्दा र भक्तजन श्रीकृष्ण भजन, कीर्तन तथा अध्यात्मिक नृत्यमा रमाउँदै श्रीकृष्णप्रति समर्पित भावनामा तल्लीन देखिन्थे।

र्‍यालीको  समापन टेकु, त्रिपुरेश्वर हुँदै पाटनको ऐतिहासिक कृष्ण मन्दिर परिसरमा भव्यताका साथ गरिएको थियो। त्यस अवसरमा डिभाइन युथ क्लब नेपालले सम्पूर्ण भक्तजन, स्थानीय बासिन्दा र सम्प्रेषित युवालाई यही श्रीकृष्णजन्माष्टमीको दिन श्याम(श्याम धाममा आयोजित विशेष धार्मिक कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा समेत दिएको छ।

यस वर्षकोश्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रमभव्य रूपमाश्री भक्ति मन्दिर, श्याम श्याम धाम, राधे राधे, भक्तपुरमा आयोजना हुँदैछ। डिभाइन युथ क्लब नेपालले सम्पूर्ण श्रद्धालुजन, भक्त तथा समाजसेवीलाई यससैअक्लर्यालीकोमार्फतमहोत्सवमा सहभागी भई लाभ लिन हार्दिक निमन्त्रणा गरेको छ। 

विगतका वर्षमा पनि यसै स्थानमा हजारौं श्रद्धालु भक्तजनहरूले पूजा, दर्शन तथा भजन–कीर्तनमा सहभागी भई श्रीकृष्ण जन्मको पर्व अत्यन्त भव्यताका साथ मनाउँदै आएका छन्।

डिभाइन युथ क्लब नेपालले नेपालका आद्यात्मिक सन्तस्वमिश्रीहरिदाजीद्वारा २०६७ सालमागठित नितान्त अद्यात्मिक युवा कलब हो । संस्थालेआफ्नोस्थापनाकालदेखि नै देशभरका युवालाई समेट्दै अध्यात्म, नैतिक शिक्षा, सेवा भावना र संस्कृतिक संरक्षणमा आधारित कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

क्लबले विद्यालयस्तरीय जागरण कार्यक्रम, ध्यान शिविर, सार्वजनिक स्थान सरसफाइ, रक्तदान, वृक्षारोपण, तथा मानवसेवा सम्बन्धी विविध सामाजिक कार्यलाई समेत निरन्तर गर्दै आएको छ। यस्ता कार्यक्रम मार्फत युवा पुस्तामा जीवनमा अध्यात्मिक क्रियात्मक  अभ्यास बढाउनुका साथै समाजप्रतिको उत्तरदायित्व बोध समेत विकास गराउन क्लब प्रतिवद्ध रहँदै आएको छ।

यस किसिमका आध्यात्मिक तथा सामाजिक गतिविधिको माध्यमबाट युवालाई सकारात्मक जीवनदर्शन र सत्कर्मप्रतिको प्रेरणा दिँदै आइरहेको डिभाइन युथ क्लब नेपालप्रति विभिन्न सामाजिक अगुवा, आध्यात्मिक गुरुहरू तथा स्थानीय समुदायले प्रशंसा व्यक्त गर्दै शुभकामना दिएका छन्।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्