sevenstartv.com ४ पुष २०८२, शुक्रवार

बबई नदीले खतराको तह पार गर्‍यो

२० साउन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । पश्चिमको बबई नदीको बाढीले बर्दियामा खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ। 

यस्तै पश्चिम राप्तीको बाढीले बाँके जिल्लामा पनि सतर्कताको तह पार गरेको छ । आज राती पश्चिम नेपालका धेरै ठाउँमा भारी वर्षा हुँदै छ । विशोष गरी लुम्बिनीका केही क्षेत्र, गण्डकीका केही क्षेत्र तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै ठाउँमा भारी वर्षा हुने जनाइएको छ । 

यता मधेश र बागमती प्रदेशका पनि केही क्षेत्रमा भारी वर्षा हुने छ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्