कक्षा १२ को नतिजा सार्वजनिक, ६१ प्रतिशत उत्तीर्ण, ३९ प्रतिशत ननग्रेड
काठमाडौँ । कक्षा १२ को यस वर्षको नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । कक्षा १२ मा यसवर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८ दशमलव ८३ प्रतिशत विद्यार्थी ननग्रेड भएको परीक्षा बोर्डले जनाएको छ ।
शैक्षिक पात्रो अनुसार कक्षा १२ को नतिजा १५ साउनभित्र नतिजा सार्वजनिक हुनुपर्ने हो । तर, शिक्षकहरूले गत २० चैतदेखि २९ दिन लामो आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । यस वर्ष ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थीले कक्षा १२ को परीक्षा दिएका थिए ।

.gif)