sevenstartv.com ४ पुष २०८२, शुक्रवार

तारकेश्वर गाउँपालिका-६ का वडाध्यक्ष रिमालको निधन

१९ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा  निधन भएको छ ।

ज्वरो र निमोनियाले स्वास्थ्य प्रतिकूल भएसँगै वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । गत जेठमा पत्थरीको शल्यक्रिया पश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका उनलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले सताएको थियो ।

नेकपा एमाले नुवाकोटको सचिवालय सदस्य समेत रहेका रिमाल यसअघि २०७४ सालको निर्वाचनमा पनि वडा सदस्यमा निर्वाचित भएका थिए । उनको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै तारकेश्वर गाउँपालिकाले आज शोक बिदा दिएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्