sevenstartv.com ४ पुष २०८२, शुक्रवार

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध

१७ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार बिहानदेखि लोकमार्ग अवरुद्ध भएको हो ।

गोलञ्जोर गाउँपालिका–६ अकरेभीरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  लोकमार्गको सडकखण्डमा राति परेको अविरल वर्षाको कारण ओखलढुङ्गाबाट काठमाडौंतर्फ जाँदै गरेको ११ वटा भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको ६ चक्के ट्रक हिलो माटो लेदोमा फसेको र ट्रक निकाल्ने पहल भइरहेको छ । लोकमार्गका विभिन्न स्थानमा तीन वटा ट्रक ‘होल्ड’ गरिएको छ ।

गोलञ्जोर गाउँपालिका–६ कै बलेनीस्थित मध्यपहाडी लोकमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो अवरोध भएको छ । सडक अवरुद्ध भएका कारण खुर्कोट घुर्मी सडकखण्डमा गुड्ने सवारीसाधन खुर्कोटमा नै रोकिएका छन् ।

ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलगायतका पूर्वी जिल्लाबाट संघीय राजधानी काठमाडौं हिँडेका सवारीसाधनले केही समय कुर्नुपर्ने छ । सडकमा खसेको पहिरो र लोदो पन्छाउनका लागि पहल भइरहेको प्रहरीले बताएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्