sevenstartv.com ५ पुष २०८२, शनिवार

अनशनरत भट्टराईको जीवनरक्षा गर्न सरकारसँग आग्रह

१६ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अनशनरत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको जीवनरक्षा गर्न  राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ ।

आयोगले प्रेस विज्ञप्ति जारी गर्दै नगर प्रमुख भट्टराईको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्या समाधान गर्न र जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको हो । 

जैविक विविधता र रैथाने संस्कृतिको संरक्षणका लागि आवश्यक नीति निर्माण गर्न पहलकदमी गर्नुपर्ने, बाँसको प्रवर्द्धन गर्नुपर्ने, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्नुपर्ने, गिट्टी क्रसर उद्योग मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने, खोटाङलाई बाँसको राजधानी घोषणा गर्नुपर्ने लगायत माग राखी यही साउन ११ गतेदेखि नगर प्रमुख भट्टराई माइतीघरमा अनशन बसेका छन्। उनको स्वास्थ्यावस्था गम्भीर बन्दै गएको प्रति आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले अनशनस्थल माइतीघर तथा वीरअस्पताल पुगी अनुमगन गर्नुका साथै अनशनरत भट्टराई, स्वास्थमन्त्री प्रदीप पौडेलका साथै वीर अस्पतालका चिकित्सक र प्रशासकहरुसँग जानकारी लिएको थियो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्