मधेशमा डिप बोरिङ खन्ने कार्यमा तीब्रता
काठमाडौ। सुख्खाग्रस्त तराई मधेशमा सरकारले डिप बोरिङ खन्ने कार्यलाई तीब्रता दिएको छ ।
मधेश प्रदेशका विभिन्न जिल्लामा चैत महिना यतामात्रै सिंचाइका लागि ३ सय डिप बोरिङ खनिएकोे छ । लामो खडेरीले मधेश सुख्खाग्रस्त बन्दा धानबाली सुकेर किसानहरु चिन्तित हुन थालेपछि सरकारले त्यसबारे स्थलगत अध्ययनमा गर्न अध्ययन कार्यदल बनाएर अटाएको थियो । कार्यदलले मधेशको अवस्था र सुख्खाग्रस्त ठाउँमा सिंचाईका लागि अहिलेसम्म गरिएका प्रयासबारेको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
मुख्यसचिव एकनारायण अर्यालले स्थलगत टोलीबाट प्रारम्भिक रिपोट आएको जानकारी गराउनुभएको छ । मुख्यसचिव अर्यालका अनुसार, ३ सय डिप बोरिङ खनिएको भए पनि विविध कारणले ती बोरिङहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको देखिएको छ ।
५० स्थानमा डिप बोरिङको लागि प्रयोग गरिएका ट्रान्सफर्मर चोरी भएको समेत प्रतिवेदेनमा उल्लेख छ ।

.gif)