गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको अन्त्येष्टि आज
काठमाडौं । गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको अन्त्येष्टि देवघाटमा गरिने भएको छ । उनको पार्थिव शरीरलाई बिहान १०ः३० बजेसम्म घरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।
भरतपुर २६ दिव्यनगरस्थित निवासबाट गुरुङको शवयात्रा शुरु भई नारायणगढस्थित नेपाली कांग्रेसको पार्टी कार्यलयमा ल्याइने छ । बिहान ११ बजे पार्टी कार्यालयमा केही समय शवलाई अन्तिम श्रद्धाञ्जलीका रुपमा राखिएपछि पुनः अन्तिम संस्कारका लागि देवघाट लगिनेछ। देवघाटमा धार्मिक विधि अनुसार ११ः३० बजे अन्त्येष्टि गरिने जनाइएको छ ।
लामो समयदेखि पेटको क्यान्सरबाट बिरामी रहेका गुरुङको ७६ वर्षको उमेरमा शनिबार बिहान ८ बजे भरतपुर महानगरपालिका( २६ दिब्यनगरस्थित घरमै निधन भएको थियो । उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ साउत १२ गते गण्डकी प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।

.gif)