करेन्ट लागेर दम्पत्तीको मृत्यु
काठमाडौं । सुर्खेतमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको आफ्नै घरमा विद्युतीय मेसिनमार्फत घाँस काटिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका दम्पत्तीको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक विवरणअनुसार घाँस काट्ने विद्युतीय मेसिनमा रहेको विद्युत् लाइनमा समस्या आएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

.gif)