एक महिने गुँलापर्व शुरु
काठमाडौं । बौद्ध धर्मावलम्बी नेवार समुदायको गुँलापर्व शुरु भएको छ । नेपाल संवतको नवौँ महिनामा यो पर्व मनाइन्छ । नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ ।
गुँलाथ्व पारु (श्रावण शुक्ल प्रतिपदा) मा शुरु भएर ञलाथ्व पारु (भाद्र शुक्ल प्रतिपदा) मनाउने परम्परा छ । यो वर्ष शुक्रबार साउन ९ मा शुरु भएर भदौ ८ गते समापन हुनेछ ।
यो पर्वमा एक महिनासम्म विभिन्न बाजागाजासहित बौद्ध चैत्य गुम्बा र बिहार परिक्रमा गर्ने चलन छ । विशेषगरी बौद्धमार्गीको पर्व भए पनि अचेल हिन्दु समुदायका नेवारसमेत सहभागी हुन थालेका छन् । अचेल बौद्ध धार्मिकस्थलसँगै अन्य मठमन्दिर पनि परिक्रमा गर्ने चलन चलेको छ ।
यो पर्व अवधिभर माछामासु, जाँडरक्सीजस्ता तामसी वस्तु आदि खान नहुने विश्वास गरिन्छ ।

.gif)