sevenstartv.com ४ पुष २०८२, शुक्रवार

लसुनको आयात बढ्यो

६ साउन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा लसुनको आयात मात्रै दुई गुणाले बढेको छ । एक वर्षको अवधिमा ६ अर्ब ७० करोड बराबरका ५ करोड ७ लाख ९३ हजार किलोग्राम लसुन आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

यसबापत मात्रै भन्सारले १ अर्ब ७२ करोड रुपैयाँ कर सङ्कलन गरेको छ । आएको मध्ये लगभग सबै आयात चीनबाट नै भएको छ । अघिल्लो आर्थिक वर्षमा सोही वस्तुको आयात २ अर्ब २२ करोड रुपैयाँ बराबरको १ करोड ७० लाख किलोग्राम आयात भएको थियो ।

सो आयातबाट ५७ करोड रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको थियो । यो वर्ष आयात लागत, परिमाण तथा राजस्व सबै करिब २०० प्रतिशतले बढेको देखिन्छ ।नेपालमा अहिले करिब सवा २ करोड जनसङ्ख्या रहेको अनुमान छ । अहिले नेपालमा नै झन्डै ७५ हजार मेट्रिकटन ९साढे ७ करोड किलोग्राम० लसुन फल्ने अनुमान गरिएको छ । 

यो हिसाबले एक जनाले वर्षमा झन्डै ३ किलो लसुन उपभोग गर्न नेपालकै उत्पादनले पुग्ने देखिन्छ । तर, त्यतिले मात्रै नपुगेर अहिले ५ करोड किलोभन्दा धेरै आयात भएको देखिन्छ । यो खपत गर्न नेपालको जनसङ्ख्याले वार्षिक औसत ५ किलोग्राम लसुन खानुपर्छ । 

तर, विश्वको औसत अवस्था हेर्दा एक जना व्यक्तिलाई १ देखि २ किलोग्राम लसुन उपभोग गर्ने गरेको छ । नेपालमा औसतभन्दा केही धेरै प्रयोग हुने गरे ५ किलोसम्म पुग्दैन । यसले गर्दा यो आयातलाई स्वाभाविक मान्न सक्ने अवस्था देखिँदैन । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्