sevenstartv.com ४ पुष २०८२, शुक्रवार

८१ प्रतिशतले बढ्यो निर्यात

६ साउन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा १९.२४ प्रतिशतले बढी हो । 

अघिल्लो वर्ष १७ खर्ब ४५ अर्ब ३६ करोड बराबरको कुल वैदेशिक व्यापार भएको थियो । यो  वर्ष आयात १३.२५ प्रतिशतले बढेको छ भने निर्यात ८१.८० प्रतिशतले बढेको विभागले जनाएको छ । 

यस्तै २०८१/८२ मा १८ खर्ब ४ अर्ब १२ करोड बरबरको आयात भएको छ भने २  खर्ब ७७ अर्ब ३ करोड बराबरको निर्यात भएको छ  । अघिल्लो वर्ष १५ खर्ब ९२ अर्ब ९८ करोड बराबरको आयात भएको थियो भने १ खर्ब ५२  अर्ब ३८ करोड बराबरको निर्यात भएको थियो । 

निर्यात ८० प्रतिशतले बढे पनि देशको व्यापार घाटा ६ प्रतिशतले बढेर १५ खर्ब नाघेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० खर्ब ६० करोड रहेकोमा २०८१/८२ मा १५ खर्ब  २७ अर्ब ९ करोड बराबर व्यापार घाटा पुगेको छ  ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्