सेयर बजार ११ महिनाकै उच्च बिन्दुमा
काठमाडौं । सोमबार सेयर बजार ११ महिनायताकै उच्च विन्दुमा पुगेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.७६ अंक बढेको छ । सो वृद्धिपछि २८९२ अंकमा कायम भएको छ । यो अंक गत वर्षको ९ भदौयताकै उच्च हो । सो दिन २८९४ अंकमा थियो ।
कारोबार रकम केही घटेको छ । अघिल्लो दिन २१ अर्ब ४६ करोडको कारोबार भएकोमा आज १६ अर्ब ३२ करोडको भयो । बजारको आकार (सबै सूचीकृत सेयरको बजार मूल्य)मा भने नयाँ रेकर्ड बनेको छ । बजारको पूँजीकृत रकम (आकार) ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसअघि गत १८ फागुनमा ४७ खर्ब ९९ अर्बको रेकर्ड बनेको थियो ।

.gif)