आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमय दरको भाउ तोक्दै विदेशी मुद्राको बिक्री र खरिद मूल्य तय गरेको हो ।
अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ९८ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा रहेको छ । युरो एकको खरिद दर १४८ रुपैयाँ ९१ पैसा र बिक्री दर १४९ रुपैयाँ ५८ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ६० पैसा र बिक्री दर १७५ रुपैयाँ ३८ पैसा रहेको छ । कतारी रियालको मूल्य खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

.gif)