गत आर्थिक वर्षमा ९ अर्ब ४१ करोड राजस्व सङ्कलन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा ९ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०–८१ को तुलनामा गत आर्थिक वर्षमा दुई अर्ब ५८ करोड बढी राजस्व सङ्कलन गरेको हो ।
विभागले आव २०८०–०८१ का लागि भने ९ अर्ब ४१ करोड ९७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, सो अवधिमा कार्यालयले वार्षिक लक्ष्यको ७२ दशमलव ९३ अर्थात् ६ अर्ब ८७ करोड राजस्व सङ्कलन गरेको थियो ।
कार्यालयले गत आवमा अन्तःशुल्क करतर्फ तीन अर्ब नौ करोड ५७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा उक्त शीर्षकमा चार अर्ब १३ करोड ७३ लाख राजस्व सङ्कलन गरेको छ । त्यस्तै कार्यालयले गत आर्थिक वर्षभरमा आयकरतर्फ दुई अर्ब ८९ करोड ९९ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा उक्त शीर्षकमा तीन अर्ब १० करोड १५ लाख राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले गत आवमा मूल्य अभिवृद्धि करतर्फ भने दुई अर्ब ५८ करोड ८७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा उक्त शीर्षकमा दुई अर्ब १२ करोड ९१ लाख राजस्व सङ्कलन गरेको छ ।
प्रमुख कर अधिकृत चौलागाईँले मूल्य अभिवृद्धि कर लक्ष्यअनुसार सङ्कलन नहुनुमा यहाँका १५ वटा करदाताको कारोबारको सीमा नाघेर ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा गएकाले पनि लक्ष्य प्राप्त हुन नसकेको बताए । ९रासस०

.gif)