sevenstartv.com ५ पुष २०८२, शनिवार

पर्वतको मोदीमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता

४ साउन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । पर्वतको मोदी गाउँपालिकामा भारीवर्षासँगै आएको पहिरो घर पुर्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।

जिल्लाको मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा माथिबाट आएको पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्सिया विष्णुमती बिक बेपत्ता भएका हुन् । उनीहरूकी बुहारी ३२ बर्सिया पवित्रा बिकले भने भागेर ज्यान बचाएकी छन् ।

सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन् । अहिले बेपत्ता दम्पतीको खोजी कार्य भइरहेको छ । 
उद्धारको लागि जिल्ला प्रहरी कार्यालय पर्वत र डिमुवा प्रहरी चौकीबाट प्रहरीको टोली जान लागिरहेको भए पनि सड्क अवरुद्ध भएका कारण घट्नास्थलामा पुग्न केही समय लाग्न सक्ने प्रहरीले बताएको छ ।

शनिबार रातीदेखि पर्वत लगायत आसपासका क्षेत्रमा भारी तथा अति भारी वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा  समेत बहाव उच्च भइरहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्