कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी
काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा १६० जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा ४५६ जना कैदीबन्दी राखिएको छ ।
अहिले कारागारमा सबैभन्दा बढी लागूऔषधका १६७ जना कैदीबन्दी छन् । त्यसैगरि महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा पालको व्यवस्था गरेर राखिएको जनाइएको छ । कारागारमा अन्य जिल्लाबाट समेत कैदीबन्दी स्थानान्तरण भएका आउने गरेका छन् ।

.gif)