भीरबाट लडेर युवकको मृत्यु
काठमाडौं । रुकुम पश्चिमको बाँफिकोटमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
बाँफिकोट गाउँपालिका-१ माथिगाउँ निवासी ३३ वर्षीय अजय मल्लको गएराति मृत्यु भएको हो । बाँफिकोट गाउँपालिका–२ स्थित राम्चेडाँडामा रहेको भीरबाट खसेर उनको मृत्यु भएको बताइएको छ ।
गाउँको पल्लोपट्टि चिसापानी भन्ने ठाउँमा लागेको मेलाबाट फर्किँदै गर्दा मल्ल भीरबाट लडेका थिए । भिरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

.gif)