sevenstartv.com ५ पुष २०८२, शनिवार

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

१ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । कर्णाली प्रदेशले आज साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

हरेक वर्ष साउन एक गते यो पर्व मनाउने प्रचलन रहेको छ । २०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

यसअघि पनि कर्णालीमा साउन १ गते सार्वजनिक बिदा दिने गरिएको थियो । कर्णाली प्रदेशको माथिल्लो भेगमा साउने सङ्क्रान्ति र देउडा दुवै विशेष रुपमा मनाउने गरिन्छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्