संसद अवरोधप्रति राष्ट्रपतिको चासो
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा भइरहेको गतिरोधप्रति चासो व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्त पार्टीका सांसदहरुले भिजिट भिसा प्रकरणलाई लिएर डेढ महिनादेखि प्रनिधिनिधिसभामा अवरोध गर्दै आएका छन । राष्ट्रपति पौडेलले बुधबार संसदीय मामिला हेर्ने संचाकर्मीहरुसँग त्यसबारे चासो राख्नुभएको हो ।
राष्ट्रपतिले संचाकर्मीहरुसँग लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको प्रष्ट्याउनुभएको छ । राष्ट्रपतिले नेपालमा प्रजातन्त्र आएको धेरै वर्ष भइसक्दा पनि प्रजातान्त्रिक अभ्यास भने कम भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

.gif)